२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

shivam cement
मध्यान्ह
२०८२ असार १७ गते ०८:२२
कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे सानेपा, बिपीनगरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्ने छ ।

हिजोदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकका तय भएका एजेन्डामा छलफल सुरु भएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा मुख्य रूपमा गठबन्धनको सरकारका साथै भ्रातृ संस्थाका विषयमा केन्द्रीय सदस्यहरूसँग सुझाव लिइने छ । साथै, संघीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा तय भएको उनले जनाएका छन् ।

क्रियाशील सदस्यता वितरणका बारेमा समेत महामन्त्रीले जानकारी गराउने तथा तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्नेमा यो केन्द्रीय समितिले निर्णय लिने छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise