एजेन्सी : पोर्चुगलका चर्चित फुटबल खेलाडी डियोगो जोटाको कार दुर्घटनामा परी निधन भएको छ । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका प्रभावशाली फरवार्ड जोटा र उनका दाजु अन्द्रे फेलिपको स्पेनको सामोरा प्रान्तमा कार दुर्घटनामा परी निधन भएको हो ।
जोटा र उनका दाजु सवार लम्बोर्गिनी गाडी ओभरटेक गर्ने क्रममा टायर पड्किएर सडकबाट बाहिर जाँदा गाडीमा आगलागी भएको थियो । दुर्घटनास्थलमै दुवैको निधन भएको पुष्टि गरिएको छ ।
जोटा र उनकी प्रेमिका रूटे कार्दोसोबीच गत जुन २२ मा विवाह भएको थियो । जोटा र रूटे तीन सन्तानका अभिभावक थिए।
फुटबलप्रेमी तथा समर्थकहरूले सामाजिक सञ्जालमार्फत जोटाप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।