२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

shivam cement
मध्यान्ह
२०८२ असार २४ गते १०:४७
गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

हुम्ला : कर्णाली करिडोरको भिडगौडमा एम्बुलेन्स दुर्घटना भएको छ ।

एम्बुलेन्समा रहेका चार जना सहजै उत्रे पनि चालक भने दुर्घटनामा घाइते भएका प्रहरीले जनाएको छ । चालकले उकालो कटाउन नसक्दा एम्बुलेन्स अनियन्त्रित भई करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब निरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको बा२झ ४५८० नं को एम्बुलेन्स गाउँपालिका आउँदै गर्दा दुर्घटनामा परेको हो । एम्बुलेन्स चालक अन्दाजी ३६ वर्षीय जङ्ग शाही घाइते भएको र हाल जिल्ला अस्पतालको सघन कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise