२०८२ असार २६ गते बिहिवार / Jul 10 , 2025 , Thursday
२०८२ असार २६ गते बिहिवार
Ads

खानेपानी माग्दै रित्तो घैंटो र बाल्टिन लिएर प्रदर्शन

shivam cement
मध्यान्ह
२०८२ असार २५ गते १६:१८
खानेपानी माग्दै रित्तो घैंटो र बाल्टिन लिएर प्रदर्शन

वीरगन्ज : वीरगन्ज महानगरमा पानीको हाहाकार भएको छ । जिल्लामा केहिदिन यता चापाकललगायतका खानेपानीका स्रोतहरू सुकेर हाहाकार भएको हो ।

पानीको हाहाकार भएपछि जनमत पार्टीका महिला संगठनले बुधबार वीरगन्जको सडकमै उत्रिएर प्रदर्शन गरेका छन् । जनमत पार्टीको भगिनी संगठन महिला जनमत संघ पर्साको अगुवाईमा पार्टीका महिला कार्यकर्ताले घण्टाघर चोकस्थित सडकमा खाली घैटो र बाल्टिन राखेर प्रदर्शन गरेका हुन् ।

‘जल सत्याग्रह’नारा लेखिएको ब्यानरसहित सडक प्रदर्शनमा उत्रिएकाहरूले खानेपानीको संकट समाधानका लागि तीनवटै तहका सरकारसँग माग पनि गरे । प्रर्दशनमा सहभागीहरूले तीनै तहको सरकार आँखा खोल, पानी दे कि मारी दे ,पर्सालाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरलगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा सहभागी जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वीरगन्ज महानगरका साथै पर्सा जिल्लाका विभिन्न पालिकामा अहिले चापाकलहरू सुकेर त्राहीमाम् हुदाँ पनि संघ,प्रदेश र स्थानीय तीनवटै सरकारले ध्यान नदिएकाले बाध्य भइ आन्दोलनमा उत्रिनु परेको बताए ।

वीरगन्जममा गर्मीका बेला विगत ३ वर्षदेखि निरन्तर खानेपानीको संकट हुँदै आएपनि तीनवटै तहका सरकारले दीर्घकालीन समाधानका लागि ध्यान नदिएको आरोप छ ।  अध्यक्ष सर्राफले भने,‘ तीनवटै तहका सरकार अन्धो, बहिरो भएर वीरगन्जलाई अपहेलित गरिरहेका छन् । वीरगन्जका मान्छेलाई पानी बिना मार्ने प्रयास गरिरहेको छ । तसर्थ तीन तहकै सरकार गम्भीर भएर वीरगन्जलाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरी तत्काल विशेष प्याकेजमार्फत् पानीको समस्या समाधान गरोस् ।’

संघीय सरकारको खानेपानी मन्त्रालय र वीरगन्ज महानगरपालिकाको कार्यालयले वीरगन्जका विभिन्न वडामा डीप बोरिङहरू जडान गरेर पानी आपूर्ति गर्दै आए पनि त्यसले समस्या समाधान हुन सकेको छैन ।  

यसैबिच वीरगन्ज महानगरपालिकाले खानेपानीको ट्यांकरमा पानी ओसारेर संकटग्रस्त वडाहरूमा वितरण गर्न थालेको छ । यसबाहेक टोलटोलमा २ हजार, ५ हजार र १० हजार लिटर क्षमताका खानेपानी ट्यांकी जडान गरी महानगरपालिकाले पानीको आपूर्तिको व्यवस्था मिलाएको छ ।

खानेपानीको कार्यालय घेराउ

आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले खानेपानीको माग काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय घेरा उगर्दै धर्ना दिएका छन् ।

सुकुम्बासी संघले काठमाडौंको त्रिपुरेश्वर स्थित केयूकेएलको कार्यालय घेराउ गर्दै शुद्धखानेपानीको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । सुकुम्बासी बस्तीमा खानेपानीको माग गर्दै उनीहरुले यसअघि ध्यानाकर्षणपत्र बुझाएका थिए ।

सहभागिहरुले हातहातमा खाली गाग्री बोकेर हामीलाई खानेपानी देउ भन्दै केयूकेएलको कार्यालय घेराउ गरेका छन् । उनीहरुले सरकारका बिरुद्धमा चर्को नारावाजी समेत गरेका छन् ।

 

ADV

सम्बन्धित खबर

Advertise