२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आबद्ध

shivam cement
मध्यान्ह
२०८२ असार ३१ गते १५:११
नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आबद्ध

काठमाडौं : नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएको छ । उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा आबद्ध हुनेसम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हस्ताक्षर गरेका हुन् । 

कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् ।

सोही व्यवस्था अनुसार ‘घ’ वर्गको राष्ट्रिय स्तरको उक्त लघुवित्त कोषको उपदान योजनामा आबद्ध भएको हो । लघुवित्तले हाल देशभर १८५ शाखामार्फत ७४ जिल्लामा २ लाख ४१ हजार घर परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise