२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

स्रोत नखुलेको रकमसहित पक्राउ

shivam cement
मध्यान्ह
२०८२ साउन २ गते १७:०९
स्रोत नखुलेको रकमसहित पक्राउ

रौतहटः स्रोत नखुलेको रकमसहित पक्राउ एक जना पक्राउ परेका छन् । गौर नगरपालिका–२ महादेवपट्टी टोलबाट स्रोत नखुलेको नगद ३ लाख रूपैयाँसहित भारत बिहार सितामढी बैरगनिया नगरपंचायत–१३ बाबालाल दास मठ टोल बस्ने ४३ वर्षीय महेश कुमारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहट र अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADV

सम्बन्धित खबर

Advertise