२०८२ साउन ११ गते आइतवार / Jul 27 , 2025 , Sunday
२०८२ साउन ११ गते आइतवार
Ads

वर्तमान सरकारको विकल्प छैन : नेता सिटौला

shivam cement
मध्यान्ह
२०८२ साउन ११ गते १२:१६
वर्तमान सरकारको विकल्प छैन : नेता सिटौला

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग आइतबार काठमाडौंमा कुराकानी गर्दै उनले अहिले कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नरहेको उल्लेख गरे ।

उनले वर्तमान सरकार एउटा जटिल परिस्थितिमा निर्माण भएको र कांग्रेस र एमालेबीच भएका सम्झौताअनुसार नै पूरा कार्यकाल सरकार चल्ने बताए । सरकारले एक वर्षमा अपेक्षाअनुसार भने काम गर्न नसकेको उनले बताए ।

उनले भने, ‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, एउटा परिस्थितिमा निर्माण भएको सरकार हो । वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरुले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन । तर यो सरकार कन्टिन्यु जान्छ । किनभने यसको विकल्प अर्को सरकार बन्ने स्थिति देखिँदैन । अर्को सरकार बन्ने परिस्थिति, विकल्प नै देखिँदैन । जे सम्झौता भएको त्यसबमोजिम सरकारले आफ्नो कार्यकाल पूरा गर्दछ ।’

नेता सिटौलाले संविधान कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्नेकुरामा सरकारले कार्यदल बनाएर अघि बढ्ने पनि बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise