तेजबहादुर बन/मध्यान्ह
इटहरी : नेपालको सबैभन्दा ठुलो र अग्रणी सुपरमार्केटको छाप बनाएको भाटभटेनीले शनिबार सुनसरीको इटहरीमा १९ औं शाखा शुभारम्भ गरेको छ ।
उपत्यकामा अपार सफलता पछि प्रदेश एकका मुख्य शहरहरूमा शाखा स्थापना गर्ने क्रममा धरान, बिराटनगर, हुँदै १९ औँ शाखा इटहरीमा शुभारम्भ भएको हो ।
उक्त शाखालाई नेपालकै सबैभन्दा ठुलो मानिएको छ । करीब ३ अर्बको लगानी रहेको सुपर मार्केटलाई सञ्चालक मिनबहादुर गुरूङले हिन्दु परम्पराअनुसार पुजा गरेर औपचारिक उद्घाटन गरेका थिए ।
पूर्वपश्चिमराजमार्गअन्तर्गत इटहरी १७ लविपुरमा शनिबारदेखि शुभारम्भ भएको भाटभटेनीमा तिन वटा ब्लक रहेका छन् । विभिन्न आवश्यकीय सामग्री किनमेलसँगै मनोरञ्जन प्रदान गराउन मार्केटभित्रै सिनेमाहल सञ्चालन हुने भएको छ ।
शनिबारदेखि औपचारिक सेवा शुभारम्भ गरेको भाटभटेनिले ओपनिङको अवसर पारेर अल्कोहल र निकोटिन ग्रुपका बाहेक सबै सामानमा १० प्रतिशत छुट दिएको छ । यो छुट आगामी एक महिना सम्म रहने भएको छ ।
मार्केटको पहिलो तला अन्तरगत ५०० सवारी साधनहरू सजिलै अटाउन सकिने गरी अण्डरग्राउण्ड पार्किङ सुविधा रहेको छ । पहिलो तला किचनवेयर र बालबालिकाका खेलौनाका लागि छुट्याइएको छ । यसमा ७ वटा काउन्टर हुनेछन् ।
दोस्रो तलामा कपडा, जुत्ता आदि राखिएका छन भने यसमा १० वटा काउन्टरको व्यवस्था गरिएको छ । त्यस्तै, सी ब्लकको भुइँतलामा केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट रहेको छ । सोही तलामा बालबालिका खेल्ने ८ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ । यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट राखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies