२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

अन्नपूर्ण बेसक्याम्पबाट १६२ पर्यटकको उद्धार

shivam cement
२०८२ कार्तिक १३ गते ११:०८
अन्नपूर्ण बेसक्याम्पबाट १६२ पर्यटकको उद्धार

काठमाडौँ : सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लास्थित अन्नपूर्ण बेसक्याम्पबाट आज बिहानसम्म १६२ जनाको उद्धार गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेस नारच्याङ म्याग्दीबाट कात्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेसक्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमान्डमा गएको फौजले १७ बिदेशी पर्यटकसहित आज बिहानसम्म १६२ जनाको उद्दार गरेको हो । 

बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरूलाई उद्धार गरिएको हो । ३ दिनको निरन्तर प्रयासपछि बेसक्याम्प हिँडेका केही पर्यटकलाई बाटोबाटै फर्काइएको थियो । बुधबारमात्रै बेसक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई  सुरक्षित स्थानमा ल्याइएको थियो । 

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धार गरिएकाहरूलाई गुफाफाँट, सादिखर्कलगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ । उनीहरू सबै हिमपात नभएको सुरक्षित स्थानमा छन् । उद्धार गरिएका केहीमा स्वासप्रस्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठूलो समस्या नदेखिएको डिएसपी थापाले जानकारी दिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise