२०८२ भदौ ३० गते सोमवार / Sep 15 , 2025 , Monday
२०८२ भदौ ३० गते सोमवार
Ads

बझाङमा सुपथ मूल्य पसल सञ्चालन

shivam cement
सत्यराज सिंह
२०८२ भदौ ३० गते १५:४६
बझाङमा सुपथ मूल्य पसल सञ्चालन

बझाङ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय बझाङले चाडपर्वलाई मध्यनजर गर्दै बझाङमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।

सोमबार बझाङ शाखाले अरुवा मोटो र स्टिम जिरा मसिनो चामल सहुलियत मूल्यमा बिक्री गर्ने गरी सुपथ मूल्य पसल सञ्चालन गरिएको शाखा प्रमुख शिवराज पाध्यायले जानकारी दिए । उनले भने, ‘आजदेखि खाद्यको डिपो भिडमुनीबाट सुपथ मूल्यका पसल सञ्चालन गरेर सहुलियतमा चामल बिक्री गर्न थालिएको छ ।’

सुपथ मूल्य पसलमा अरुवा मोटा चामल प्रतिकेजी ६२ रुपैयाँमा ५ रुपैयाँ सहुलियत छुट लिएर ५७ रुपैयाँमा बिक्री गरिएको शाखा प्रमुख पाध्यायले बताए । स्टिम जिरा मसिनो चामल प्रतिकेजी ९० रुपैयाँमा ५ रुपैयाँ सहुलियत छुट दिएर ८५ रुपैयाँमा बिक्री गरिएको उनले जानकारी दिए ।  

उनले भने, ‘सुपथ मूल्यको पसल सञ्चालनमा आएपछि उपभोक्तालाई निकै सहज भएको छ । ३० भदौदेखि १० कात्तिकसम्म सहुलियत छुट मूल्यमा बिक्री गर्न ७ सय क्विन्टल चामल छुट्याइएको छ । पहिलो दिन भदौ ३० गते अरुवा मोटो चामल ३० कट्टा, स्टिम जिरा मसिनो चामल २५ कट्टा बिक्री भएको छ ।’

बिहान १० देखि बेलुकी ५ बजेसम्म चामल बिक्री गरिने उनले बताए । यसअघि नै सञ्चालनमा रहेका बिक्री काउन्टरमै सुपथ मूल्यका पसल सञ्चालन गरिएको हो । हाल जिल्लामा ३१० क्विन्टल चामल स्टक रहेको छ । छिट्टै तेल र चिनी पनि सुपथ मूल्य पसलमार्फत वितरण गर्ने तयारी भइरहेको पाध्यायले बताए ।

ADV

सम्बन्धित खबर

Advertise