काठमाडौंः अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलवार अपरान्ह सिंहदरबारमा राजदुत श्रीवास्तवले प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन्। भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । साथै नेपालको विकास, पुनः निर्माणमा भारतले सघाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी थिइन् । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरिएको छ ।