२०८२ असोज ३ गते शुक्रवार / Sep 19 , 2025 , Friday
२०८२ असोज ३ गते शुक्रवार
Ads

राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा शिरमा कालोपट्टी बाँधेर संविधानको विरोध, पुनःलेखन गर्नुपर्ने माग

shivam cement
asmita
२०८२ असोज ३ गते १६:५७
राष्ट्रिय मुक्ति क्रान्ति नेपालद्वारा शिरमा कालोपट्टी बाँधेर संविधानको विरोध, पुनःलेखन गर्नुपर्ने माग

काठमाडौंः राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ ।

असोज ३ गते नेपालमा संविधान दिवस मनाइन्छ । २०७२ सालको असोज ३ मा संविधान जारी भएसँगै हालसम्म असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने गरिएको छ । तर मधेसवादी राजनीतिक दल राष्ट्रिय मुक्ति क्रान्ति नेपालले भने काठमाडौंमा शिरमा कालोपट्टी बाँधेर विरोध जनाएको हो । 

मधेसीहरुमाथि गोली हानेर संविधान जारी गरिएकाले कालो दिवसको रुपमा मनाएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका नेता केशव झाले बताए । अब संविधान संशोधन मात्रैले नपुग्ने भन्दै संविधान पुनःलेखन गर्नुपर्ने माग गरे । संविधान अपुरो रहेसम्म आन्दोलन जारी रहने बताए ।

उनीहरुले असोज ३ कालो दिन, ब्ल्याक डे लगायतका प्लेकार्ड बोकेर संविधानको विरोध गरेका हुन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise