काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।
बैठकमा सभापति देउवाले आफ्नो स्वास्थ्यका कारण पार्टीको उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा काम गर्ने जिम्मेवारी सुम्पिएको बताए ।