२०८२ कार्तिक ४ गते मङ्गलवार / Oct 21 , 2025 , Tuesday
२०८२ कार्तिक ४ गते मङ्गलवार
Ads

अन्तरिम सरकारले एक महिनापछि गर्दैछ सात दलसँग संवाद 

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ४ गते ०७:५१
अन्तरिम सरकारले एक महिनापछि गर्दैछ सात दलसँग संवाद 

जेनजी आन्दोलन र विध्वंशपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले एक महिनापछि राजनीतिक दलहरूसँग संवाद गर्दैछिन् । 

विघटित संसदका दलहरुलाई भेट्न अनिच्छा जनाइरहेकी कार्की आफैले निर्वाचनको वातावरण बनाउन नचाहेको आरोप लागेपछि मंगलबार संवादमा बोलाएकी हुन् । संवादले २१ फागुनमै निर्वाचन गर्न दलहरुबीच दुरी घटाउने अपेक्षा गरिएको छ । कार्कीले मंगलबार अपरान्ह संसद्का राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्न लागेकी हुन् । 

प्रधानमन्त्रीले ७ वटा दलका नेताहरूसँग छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विघटित संसद्मा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टी मात्र राष्ट्रिय मान्यता प्राप्त दल थिए । 

ADV

सम्बन्धित खबर

Advertise