२०८२ कार्तिक १० गते सोमवार / Oct 27 , 2025 , Monday
२०८२ कार्तिक १० गते सोमवार
Ads

‘समाज’को अध्यक्षमा गुरागाईं

shivam cement
मध्यान्ह
२०८२ कार्तिक १० गते १७:०४
‘समाज’को अध्यक्षमा गुरागाईं

काठमाडौं : सोसाइटी फर अवेर्नेस मिडिया एण्ड जर्नलिजम (समाज) को अध्यक्षमा आर्थिक पत्रकार रेबिका गुरागाईं चयन भएकी छिन् । सोमबार काठमाडौंमा भएको समाजको प्रथम साधारणसभाबाट संस्थाको अध्यक्षमा गुरागाईं चयन भएकी हुन् । यस अघि संस्थाको तदर्थ समितिको अध्यक्षमा समेत गुरागाईं नै थिइन् । 

सोमबार भएको साधारणसभाबाट सर्वसम्मत रुपमा गुरागाईं अध्यक्षमा चुनिएकी हुन् । ‘समाज’ आर्थिक पत्रकारहरु आवद्ध रहेको सामाजिक संस्था हो । यसले सञ्चार माध्यमहरु मार्फत सामाजिक चेतना तथा साक्षरता अभिवृद्धिका लागि काम गर्ने उद्देश्य बोकेको छ । 

साधारण सभाले पाँच सदस्यीय बोर्ड समेत गठन गरेको छ । बोर्ड उपाध्यक्षमा सरगम तामाङ चयन भएकी छिन् भने महासचिवमा बालकृष्ण पौडेल चयन भएका छन् । संस्थाको बोर्ड सदस्यहरुमा सविना सुवेदी र डम्बर प्रसाद आचार्य चयन भएका छन् । 

ADV

सम्बन्धित खबर

Advertise