२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

अध्यक्ष र कर्मचारीमाथि भएको दुर्व्यवहारबारे काउन्सिलको ध्यानाकर्षण

Nada
२०८३ असोज १३ गते २१:४७
Shares
अध्यक्ष र कर्मचारीमाथि भएको दुर्व्यवहारबारे काउन्सिलको ध्यानाकर्षण

काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष र कर्मचारीमाथि दुर्व्यवहार भएको काउन्सिलले जनाएको छ । काउन्सिलद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार नेपाल पत्रकार महासंघको नेतृत्वसँग लोककल्याणकारी विज्ञापनका विषयमा भएको छलफलका क्रममा काउन्सिलका अध्यक्षलाई लक्षित गर्दै धम्कीपूर्ण र अपमानजनक व्यवहार भएको हो ।

ncell

छापामाध्यम बचाउ सुझाव कार्यदलका मागका सम्बन्धमा मंगलबार दिउँसो काउन्सिलका अध्यक्षको कार्यकक्षमा छलफल भइरहेको समयमा महासंघ र कार्यदलका तर्फबाट सहभागी केही व्यक्तिले काउन्सिलका कर्मचारीमाथिसमेत अपमानजनक व्यवहार गरेका प्रेस काउन्सिलका सदस्य नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे र प्रकाशभक्त माथेमाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

छलफलका क्रममा समेत धम्कीपूर्ण भाषा प्रयोग गर्नु स्वीकार्य नहुने भन्दै काउन्सिलले पेसागत माग राख्ने अधिकारको सम्मान गर्ने स्पष्ट पारेको छ । साथै संस्थागत संवादका क्रममा मर्यादित र जिम्मेवार व्यवहार गर्न पनि काउन्सिलले सचेत गराएको छ ।

सम्बन्धित खबर