२०८३ कार्तिक २७ गते शुक्रवार / Nov 13 , 2026 , Friday
२०८३ कार्तिक २७ गते शुक्रवार

मंसिर ५ र ६ गते कांग्रेस इतर पक्षको गण्डकी प्रदेश अधिवेशन हुने

Nada
२०८३ कार्तिक २७ गते १२:३२
Shares
मंसिर ५ र ६ गते कांग्रेस इतर पक्षको गण्डकी प्रदेश अधिवेशन हुने

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर पक्षले गण्डकी प्रदेशमा समानान्तर अधिवेशन गर्ने तयारी गरेको छ । उक्त पक्षले आगामी मंसिर ५ र ६ गते पोखरामा प्रदेश अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

पोखरा सभागृहमा हुने अधिवेशनको उद्घाटन कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ ।

गगन थापा नेतृत्वको कार्यसमितिलाई स्वीकार नगरेको इतर पक्षले पार्टीभित्र आफ्नो छुट्टै गतिविधि अघि बढाउँदै विभिन्न प्रदेशमा समानान्तर अधिवेशनको तयारी गरिरहेको छ ।

यसैबीच, देउवा पक्षले आगामी मंसिर २१ गतेदेखि काठमाडौंमा पार्टीको महाधिवेशन सुरु गर्ने तयारी गरेको छ । पार्टीभित्रको नेतृत्व र संगठनात्मक विवादका बीच दुवै पक्षले आ–आफ्ना गतिविधिलाई तीव्रता दिएका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर