२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

नेप्से १५ अंकले बढ्यो, कारोबार रकम साढे ५ अर्ब नाघ्यो

विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमालगायत अधिकांश समूहमा पनि वृद्धि देखिएको छ । माइक्रोफाइनान्स र अन्य समूह भने घटेका छन् ।

Nada
२०८३ मंसिर ८ गते १६:१३
Shares
नेप्से १५ अंकले बढ्यो, कारोबार रकम साढे ५ अर्ब नाघ्यो

काठमाडौं : साताको कारोबारको मंगलबार सेयर बजार परिसूचक नेप्से १५.३९ अंकले बढेर २ हजार ६३८ अंकमा पुगेको छ । अघिल्लो दिन २.२६ अंकले बढेको बजारमा आज कारोबार रकमसमेत उल्लेख्य वृद्धि भएको छ ।

सोमबार ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज १६५ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज बैंकिङ समूह १.२४ प्रतिशतले बढ्दै बजार वृद्धिमा सबैभन्दा ठूलो योगदान दिएको छ । विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमालगायत अधिकांश समूहमा पनि वृद्धि देखिएको छ । माइक्रोफाइनान्स र अन्य समूह भने घटेका छन् ।

कम्पनीतर्फ एभरेस्ट कलरको सेयर मूल्य सर्वाधिक ५.०५ प्रतिशत बढेको छ । यता मानुषी लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सोल्टी होटल, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिस्टिलरी र रिलायन्स स्पिनिङ मिल्स अगाडि रहेका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर