काठमाडौं : २०७५ सालको मदन पुरस्कार लेखक योगेशराजको उपन्यास ‘रणहार’ले पाउने भएको छ । त्यसैगरी जगदम्बाश्री पुरस्कार कवि काइँलालाई दिइने भएको छ ।
आइतबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले उक्त निर्णय गरेको हो । गुठीले वषर्भरि प्राप्त २ सय ५७ पुस्तकबाट ७ पुस्तक छनोट गरेको थियो ।
यिनै पुस्तकमध्ये छनोट गरेर 'रणहार'लाई प्रदान गर्न लागिएको गुठीका अध्यक्ष कुण्द दीक्षितले बताए । गुठीले हरेक वर्ष मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रदान प्रदान गर्दै आइरहेको छ। पुरस्कार राशी रु २ लाख रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies