२०८१ पुष १२ गते शुक्रवार / Dec 27 , 2024 , Friday
२०८१ पुष १२ गते शुक्रवार
Ads

एभरग्रिन वर्ल्डवाइड इन्टरटेन्मेन्टद्वारा विभिन्न व्यक्तित्व सम्मानित

ADV
मध्यान्ह
२०८१ असोज १ गते २०:४०
एभरग्रिन वर्ल्डवाइड इन्टरटेन्मेन्टद्वारा विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौं : ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८१’ सम्पन्न भएको छ । एभरग्रिन वर्ल्डवाइड इन्टरटेन्मेन्टले १२औं वर्ष प्रवेशको अवसरमा सोमबार चलचित्र विकास बोर्डमा आयोजना गरेको कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय, प्रिन्टिङ प्रेस, पर्यटन, पत्रकारिता, गीत संगीतका साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाएका चार दर्जन बढी व्यक्तित्वहरुलाई दशक सम्मान, विशेष सम्मान र प्रोत्साहन सम्मानद्वारा सम्मानित गरिएको थियो ।

आयोजक संस्थाका अध्यक्ष लोकप्रिय हास्यकलाकार गोपाल ढकाल (छन्दे)ले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अभिनेता शिव श्रेष्ठ, विशिष्ट अतिथि चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डि.सी, विशेष अतिथिहरुमा कलाकार तथा निर्देशक रमेश बुढाथोकी, नृत्य निर्देशक राजु शाह र अभिनेता, निर्देशक नवल खड्का रहेका थिए । कार्यक्रममा चर्चित कलाकार तथा निर्देशक दिपाश्री निरौलालाई मायाको चिनो प्रदान गरिएको थियो ।

सो अवसरमा सम्मानित हुनेहरुमा कलाकार, अभिनय प्रशिक्षक वीरेन्द्र हमाल, विशिष्ट हास्यकलाकार राजाराम पौड्याल, वरिष्ठ हास्यकलाकार शिवहरि नेपाल (बैरागी), विशिष्ट चलचित्रकर्मी रामचन्द्र अधिकारी, बिशिष्ट चलचित्रकर्मी उत्तम के.सी. नेपाल, वरिष्ठ छायाँकार शिव ढकाल, विशिष्ट चलचित्रकर्मी नारायण प्रधान, विशिष्ट चलचित्रकर्मी लक्ष्मण विक्रम बस्नेत, वरिष्ठ दन्त चिकित्सक तथा समाजसेवी डाक्टर सुभाष घिमिरे, वरिष्ठ कलाकार तथा निर्देशक पुकार भट्टराई, वरिष्ठ हास्यकलाकार रवि डंगोल, कलाकार निर्मलराज पौडेल, वरिष्ठ कलाकार पवन के.सी (सुवेदी), वरिष्ठ कलाकार मञ्जु श्रेष्ठ, प्रा.डा रामनन्दन प्रसाद चौधरी वरिष्ठ बाल शल्य, बाल युरोलोजी शल्य चिकित्सक, पुष्पराज बाना नेपाली प्रिन्टिङ क्षेत्र, कबीन्द्र प्रसाद श्रेष्ठ चर्चित गायक, तेज बहादुर कटुवाल शिक्षाकर्मी, सविन श्रेष्ठ चर्चित अभिनेता, सुरज गराच (यसराज) कलाकार, मोडल तथा फेशन कोरियोग्राफर, दिक्पाल कार्की कलाकार, मोडल तथा फेशन कोरियोग्राफर, विनोद ढकाल चर्चित गायक तथा संगीतकार, राजन थापा बरिष्ठ समाजसेवी, संचारकर्मी, नन्दलाल खरेल वरिष्ठ पत्रकार, सम्पादक, देवी पाण्डे कलाकार तथा पर्यटन व्यवसायी, छिरिङ छोम्बेल शेर्पा कलाकार रहेका छन् ।

यस्तै गम्भिर बिष्ट कोरियोग्राफर, विष्णु सुवेदी बरिष्ठ पत्रकार, अशोक धिताल कलाकार तथा संचारकर्मी, सपन श्रेष्ठ गायक, डिलबहादुर तामाङ(डि.बि दोङ) निर्देशक, कलाकार, नारायण थापा गायक, प्रेमबहादुर कार्की अध्यक्ष हाईजेनिक वर्ल्ड अर्गनाईजेशन, दिपक तामाङ कोरियोग्राफर, साबित्रा चिलुवाल गीतकार, कलाकार तथा निर्मात्री, आशा भुषाल कलाकार तथा मोडल, दिप कुलुङ्ग कलाकार तथा गीतकार, प्रेम बहादुर तामाङ गीतकार, युवा व्यवसायी, राजेश महर्जन युवा व्यवसायी तथा समाजसेवी, गोकुल सुवेदी कलाकार, शुशिला उप्रेती(बजु) कलाकार तथा सञ्चारकर्मी, सुगत कारंजित कलाकार, सुरेश तिमल्सिना हास्यकलाकार, राजु कार्की  कलाकार तथा व्यवसायी केदार खड्का व्यवसायी, सलिना कटुवाल नवकलाकार तथा समाजसेवी, दिप्सन चिलुवाल बाल कलाकार, रमेश कुमार बस्नेत गीतकार, दाउथ राई गायक, मेलिना राई व्यवसायी रहेका छन् । 

नौमती बाजा समूह बालाजुले कार्यक्रम अवधिभर रौनकता थपेको थियो । नायक गजित बिष्ट, मोडल प्रतिक्षा काफ्ले साथै डान्स फिभर टिम, श्रमिक कला एकेडेमी, गायक कृष्ण भट्टराई, संस्थाका उपाध्यक्ष होमराज पौडेलको प्रस्तुति रहेको उक्त कार्यक्रममा कार्यक्रम आयोजक टिममा सल्लाहकार रामेश्वर जंग के.सी, सुनिल कटुवाल, उद्धवप्रसाद भट्टराई, संयोजक भानुभक्त ढकाल, व्यवस्थापक रामेश्वर बुर्लाकोटी सहजकर्ता नम्रता खरेल, सिकृता वस्ती(ढकाल), हर्क मान वाइबा (रिदम), स्वीकृति वस्ती रहेका थिए । कार्यक्रममा विभिन्न सहयोगी संधसंस्था व्यक्तिहरुलाई कदरपत्र, मायाको चिनो प्रदान गरिएको थियो । 

आयोजक संस्थाका अध्यक्ष लोकप्रिय हास्यकलाकार गोपाल ढकाल (छन्दे)ले कार्यक्रमलाई सबैको साथ, सहयोग रहेको र कार्यक्रम प्रशंशायोग्य भएको प्रतिक्रिया पाएको बताउँदै आगामी दिनमा अझै भव्य कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाए ।

ADVADV

सम्बन्धित खबर

Advertise