मोरङ - तिमिल्सिना समाज नेपाल केन्द्रीय समितिले असहाय जेहेन्दार विद्यार्थीलाई गरिने छात्रबृत्ति दिन सुरु गरेको छ । कोशि प्रदेशबाट गरिएको उक्त कार्यक्रम देशै फैलाइने समाजका महासचिव होमप्रसाद तिमिल्सिनाले जानकारी दिए । कार्यक्रमको सुरु गर्न आयोजित कार्यक्रममा विभिन्न बिद्यालयका छात्रछात्रालाई छात्रवृत्ति वितरण गरियो ।
छात्रबृत्ति पाउनेमा उदयपुरकी पल्पसा तिम्सिना, पाँचथरकी दीक्षा तिम्सिना, झापाकी करुण तिम्सिना , मोरङकी बिमला तिम्सिना, भोजपुरकी सिम्रिका तिम्सिना, तेह्रथुमकी बविता तिम्सिना, सुनसरीकी करुणा तिम्सिना, धनकुटाकी आयुसा तिम्सिना र खोटाङका विवेक तिम्सिना रहेका छन् । कार्यक्रममा तिमिल्सिनाहरुको बिषय समेटेर प्रकाशित पुस्तक, इतिहास विगतदेखि वर्तमानसम्म नामक पुस्तकका खोजकर्ता दीपेन्द्रराज तिम्सिनालाई सम्मान समेत गरियो ।
तिमिल्सिना समाजका केन्द्रीय अध्यक्ष दीपक तिम्सिनाले खोजकर्ता लेखक तिम्सिनालाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका थिए । तिमिल्सिना वंशको कुल प्रतिष्ठालाई उच्च राख्न अमुल्य योगदान गरेकोले स्रष्टा खोजकर्ता तिम्सिनालाई सम्मान गरेको तिमिल्सिना समाज प्रदेशका अध्यक्ष हरी तिम्सिनाले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies