काठमाडौं : समाजवादी पार्टी नेपालकी नेतृ तथा पूर्वमन्त्री हिसिला यमी स्कुटर दुर्घटनामा परेर घाइते भएकी छन् ।
आइतबार घरबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खुस्थित चोकमा दुर्घटनामा परेकी हुन् । उनलाई बिपरित दिशाबाट आएको मोटरसाईकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा परेकी यमीको हाल बिएण्डबी अस्पतालमा उपचार भइरहेको र उनकाे अवस्था चिन्ता मुक्त भईसकेको असपताल स्रोतले जनाएको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको श्रीमति रहेकी यमी पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies