काठमाडौं- सुदूरपश्चिम प्रदेशमा वैकल्पिक सरकार बनाउने प्रयास असफल भएको छ । नेपाली कांग्रेस र रेशम पक्षीय नागरिक उन्मुक्ति पार्टीले गरेको वैकल्पिक गठबन्धन निर्माणको प्रयास असफल हुने भएको हो । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र रेशम पक्षीय नागरिक उन्मुक्ति पार्टीका सांसदहरूको समर्थनमा सुदूरपश्चिममा वैकल्पिक गठबन्धन अगाडि बढेको थियो । केन्द्रीय सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले पनि प्रदेशमा कांग्रेससहितका दलहरूसँग सहकार्यको प्रयास गरेको थियो ।
कांग्रेस, नेकपा एकीकृत समाजवादी र रेशम पक्षीय नागरिक उन्मुक्ति पार्टीका सांसद लिएर नाउपाका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका थिए भने, एमाले माओवादी र रन्जिता पक्षका सांसदहरूको समर्थनमा नाउपाका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । यी दुबै दाबी मङ्गलवार प्रदेश प्रमुखले खारेज गरेर नयाँ दाबी आह्वान गरेका छन् । पहिलो चरणमा दुबै दाबी खारेज भएपछि अब दोस्रो चरणको लागि वैकल्पिक गठबन्धनबाट दाबी नहुने सम्भावना रहेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies