कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : चालु आर्थिक वर्ष (आव)को ९ महिनामा नेपालमा सात हजार ९३ वटा विद्युतीय गाडी (जीप, कार र भ्यान) आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आवको चैत मसान्तसम्ममा १७ अर्ब ४९ करोड ४९ लाख बराबरको ७ हजार ९३ वटा विद्युतीय साधन आयात भएको छन् ।
चैतमा आयात भएको विद्युतीय गाडीको अहिलेसम्म कै धेरै हो । यस अघि नेपालले एक आर्थिक वर्षमा पनि यत्तिको संख्यामा विद्युतीय गाडी आयात गरेको नौ थिएन तर, सरकारले बजेटमार्फत् विद्युतीय सवारी साधनमा छुटको व्यवस्था गरेपछी विद्युतीय गाडीको प्रयोगकर्ता बढेका छन् ।
चालु आवमा १७ अर्बको विद्युतीय गाडी आयात हुँदा सरकारले सात अर्ब ७८ करोड २१ लाख राजस्व संकलन गरेको छ । नेपालमा चैतमा मात्रै ६५८ वटा विद्युतीय गाडी आयात भएको तथ्यांकले देखाएको छ । नेपालले ९ महिनाको अवधिमा सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
नौ महिनामा ११ अर्ब ४६ करोड ९९ लाखको चार हजार ७७ वटा ५१ किलोवाटदेखि एक सय किलोवाटसम्मको आयात भएको छ । यसैगरी नेपालले ५० किलोवाटसम्मको पाँच अर्ब ४० करोड २९ लाखको दुई हजार नौ सय दुई वटा विद्युतीय गाडी आयात गरेको छ । एक सय एक किलोवाटदेखि दुई सय किलोवाटसम्मको ९३ वटा र दुई सय एक किलोवाटदेखि तीन सय किलोवाटसम्मको २१ वटा विद्युतीय गाडी आयात गरेको छ । नेपालले साउनमा एक सय १० वटा, भदौमा सात सय ८८ वटा, असोजमा १२ सय ३७ वटा, कार्तिकमा छ सय ५२ वटा, मंसिरमा आठ सय ९९ वटा, पुसमा १४ सय १२ वटा, माघमा एक हजार ५२ वटा र फागुनमा दुई सय ७६ वटा विद्युतीय गाडी आयात भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies