अमेरिका : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गरेको विवादास्पद फोन कलका विषयमा अर्का एकजना जानकारले पनि उजुरी गरेका छन् ।
मार्क जेइडले एबीसी समाचारसंस्थासँग कुरा गर्दै दोस्रा उजुरीकर्ता पनि जासुस अधिकारी भएको बताएका छन् । ह्वाइट हाउसले यसबारे कुनै प्रत्यक्ष टिप्पणी गरेको छैन । पहिलो उजुरीलाई राष्ट्रपति ट्रम्पले बारम्बार अस्वीकार गर्दै आएका थिए । दोस्रो उजुरीकर्ताका कारण राष्ट्रपति ट्रम्प र उनको पार्टी रिपब्लिकनको अवस्था झन् जटिल बनाउने दखिएको छ ।
युक्रेनी राष्ट्रपतिसँग ट्रम्पले बोलेका कुरा अनुचित भन्नेबारे अब एक होइन दुई उजुरीकर्ता देखा परेका छन् । साथै यी दोस्रो उजुरीकर्तासँग उक्त वार्तालापबारे प्रत्यक्ष जानकारी भएको जनाइन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies