काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको आगामी नेतृत्वका लागि गैर आवासीय अभियन्ताहरु आ- आफ्ना प्रतिवद्धता सहित चुनावी मैदान ओर्लिएका छन् । यही असोज २८ देखि ३० अर्थात अक्टोबर १५ देखि १७ सम्म काठमाडौँमा हुने गैरआवासीय विश्व सम्मेलनका सम्वन्धमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीको अध्यक्षतामा गठित उच्चस्तरीय आयोजक समितिले पनि आफ्नो तयारी तिब्र बनाएको छ ।
सम्मेलनको तयारीसंगै उमेदवारहरुका धारिला प्रतिवद्धताहरुले गैरआवासीय नेपालीहरुको निर्वाचन राष्ट्रिय चासोको विषय बनेको छ । यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैं नेपाल सरकार नेपाल उद्धोग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन गईरहेको छ । आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधिहरु र सरोकारवाला संघ संस्थाका अध्यक्षहरु रहेका छन् । यसैगरी संघको आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ । यस वर्षको सम्मेलनको मूल विषय “म, मेरो एनआरएनए, र मेरो नेपाल“ रहेको छ ।
सम्मेलनमा यसै विषयहरुमा आधारीत भएर विभिन्न शत्रहरुको आयोजना गरिने छ । महाधिवेशनमा नै नयाँ कार्यकालको लागि संघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुको निर्वाचन समेत हुने छ । एक अध्यक्ष सहित उपाध्यक्ष ५, महासचिव, दुई सचिव, एक कोषाध्यक्ष, एक सह–कोषाध्यक्ष , महिला संयोजक , युवा संयोजक एक , प्रत्येक क्षेत्रवाट एक/ एक जना रहने गरी ५ जना क्षेत्रीय संयोजक, यूरोप , एसिया प्रशान्त , अफ्रिका ,मध्य पूर्व ,उत्तर दक्षिण अमेरिका र ओसेनियाबाट ३ जना क्षेत्रीय उप–संयोजक, प्रत्येक क्षेत्रवाट एक/ एक जना गरी क्षेत्रीय ६ जना महिला संयोजक , ६ जना क्षेत्रीय युवा संयोजक निर्वाचित हुने छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका पन्तले अघिल्लो हप्ता काठमाण्डौंमा उमेदवारी घोषणा गरेका हुन भने आचार्यले पनि अघिल्लो हप्ता नै उमेदवारी घोषणा गरेका हुन । पन्तले लगानीमा संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नेपालको समृद्धि, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र एनआरएनमा व्यापक सहभागिता गराउने लगायतका २० बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
अध्यक्षका अर्का प्रत्यासी आचार्यले एनआरएन नागरिकता प्राप्तिको प्रक्रियालाई सहज बनाउन जोड़ दिने तथा गैरआवासीय नेपाली नागरिकताको आधारमा छुट्टै राहदानी उपलव्ध गराउन समेत पहल गर्ने, भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्वोधनमा सकृय भूमिका खेल्ने , सबै नियोगहरुमा एनआरएन एएनसीसीहरुलाई पनि समावेश गरी स्थायी प्रकृतिको आर्थिक कूटनीति समिति बनाउन समेत परराष्ट्र मन्त्रालयमा पहल गर्ने, नेपाल सरकारसँग सहमति भए अनुसार दश अर्व रुपैयाँ बराबरको गैरआवासीय नेपाली संघ लगानी कोष स्थापना गर्न संयन्त्र बनाएर कार्यान्वयन गर्ने, ‘ भिजन २०२० एण्ड वियोण्ड ‘ अवधारणालाई क्रमश: कार्यान्वयन गर्ने, आगामी २ बर्ष भित्र सदस्य संख्या कम्तिमा एकलाख पुर्याउन विशेष अभियान सन्चालन गर्ने, संघका एनसीसी एवं सदस्यहरुद्वारा गरिने कल्याणकारी कामहरु एनआरएनए फ़ाउण्डेशन मार्फत गर्न व्यवस्था मिलाउने, पर्यटन बर्ष २०२० लाई सफल बनाउन पर्यटन प्रवर्द्धन सम्वन्धि कार्यक्रम बनाउन र पर्यटक भित्र्याउन सम्पूर्ण एनसीसीहरुलाई उत्प्रेरित गर्ने जस्ता प्रतिवद्धता व्यक्त गरेका छन् । अष्ट्रेलियालाइ कार्यक्षेत्र बनाउँदै हाल ओसेनिया क्षेत्रका संयोजक रहेका धर्मराज अधिकारीले एनआरएनएको उपाध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गरेका छन् ।
नाईजेरियाका हिम्मत थापाले पनि उपाध्यक्ष पदमा उमेदवारी घोषणा गरेका छन् । उनी हालका कोषाध्यक्ष हुन । सो पदमा हालका महासचिव डा. बद्री केसीले उमेदवारी घोषणा गरेका छन् । सोनाम लामा पनि उपाध्यक्षका आकाक्षी देखिएका छन् ।सो पदका लागि खाडीबाट नरेन्द्र भाटले उमेदवारी घोषणा गरेका छन् ।
अष्ट्रेलियाका मन केसीपनि सोही पदमा भिड्दै छन् । बेलायतका थर्क सेन पनि उपाध्यक्षमा आकाक्षी देखिएका छन् । त्यस्तै रञ्जु वाग्ले थापा पनि उपाध्यक्षकी आकाक्षी हुन ।हाल एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रहेका जापानका किरण बिक्रम थापाले पनि उपाध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गरेका छन् । यस्तै बेल्जियमका अर्जुन कुमार श्रेष्ठले पनि उपाध्यक्ष पदमै उमेदवारी घोषणा गरेका छन ।
डा. हेमराज शर्माले एनआरएनए महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । विगत १४ वर्षदेखि गैरआवासीय नेपाली संघको अभियानमा सक्रिय रहेका डा.शर्मा हाल गैरआवासीय नेपाली संघका सल्लाहकार एवं युनिभर्सिटी अफ लिभरपुलका सहप्राध्यापक रहेका छन् । महासचिवमा जानकी गुरुङ पनि आकाक्षी छन् ।ओमनका डिबी क्षेत्री महासचिव पदमा भिड्दै छन् । हाल उनी सचिव रहेका छन् । हालका मध्यपुर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले ६ बूँदे प्रतिवद्धतासहित सचिब पदमा उम्मेदवारी घोषणा गरेका छन् । गौरी राज जोशीले पनि सचिव पदमा उमेदवारी घोषणा गरेका छन् ।
इजरायलका दिपक प्रसाद ओली र बेवायतकी शुष्मा राईले पनि सचिवमा आकाक्षा राखेका छन् ।हालका यूरोप संयोजक शिब कुमार बरुवाल पनि सचिव पदका उमेदवार हुन् । डेनमार्कका सोम सापकोटा कोषध्यषका आकाक्षी रहेका छन् सापकोटा हाल एनआरएनएका सह कोषाध्यक्ष हुन् । जापानका सुदन थापा पनि कोषाध्यक्षका उमेदवार हुन । जापानकै महेश कुमार श्रेष्ठले बार्षिक ८ करोडको गैर आवासीय श्रमिक कल्याण कोषको योजना सहित कोषाध्यक्षपदमा उमेदवारी घोषणा गरेका छन् ।
अमेरिकाका एसी शेर्पाले सह कोषाधॉयक्षको उमेदवार बन्ने घोषणा गरेका छन् ।यस्तै रसियाका गोबिन्द प्रसाद गौतमले पनि सह कोषाध्यक्ष पदका लागि आफ्नो उमेदवारी घोषणा गरी सकेका छन् । लोक प्रसाद दाहाल पनि सह कोषाध्यक्षका आकॉक्षी छन् । दिपक प्रसाद ओलीले युवा संयोजकमा आफ्नो उमेदवारी घोषणा गरेका छन् भने अष्ट्पेलियाका स्वतन्त्र प्रताप शाहले पनि युवा संयोजक पदमा उमेदवारी घोषणा गरेका छन् । युवा संयोजकका अर्का आकॉक्षी प्रदीप शाह पनि हुन् भने यूएईका सुदिप कुमार कार्कीले पनि युवा संयोजक पदमा नै आफ्नो उमेदवारी घोषणा गरेका छन् । एनआरएनएको मध्यपूर्व संयोजकमा मनोज कुमार श्रेष्ठ ( गोर्खाली ) ले उमेदवारी घोषणा गरेका छन् । कतारका प्रबिण गुरुङङले पनि मध्यपुर्ब संयोजकमा उमेदवारी घोषणा गरि सकेका छन ।
मध्यपूर्ब कै क्षेत्रीय सहसंयोजकमा साउदी अरवबाट राजेन्द्र अर्याल (जोन) ले उम्मेदवारी घोषणा गरेका छन् ।यस्तै कुबेतबाट सुरज मास्केले पनि मध्यपूर्ब सह संयोजक पदमा उमेदवारी घोषणा गरेका छन् । कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उमेदवारी घोषणा गरेकी छन् ।सो पदमा हाल यूरोप क्षेत्रीय महिला संयोजक रहेकी बेलायतकी संगीता मरहट्टाले पनि उमेदवारी घोषणा गरेकी छन् । यसै गरी अष्ट्रेलियाकी भोमा लिम्बु पनि महिला संयोजकको उमेदवार रहेकी छन् । बेदराज पन्तले अमेरिकाज क्षेत्रको क्षत्रीय उपसंयोजकमा उमेदवारी घोषणा गरेका छन् । उमा कार्की थापाले अमेरिकाज क्षेत्रको क्षेत्रीय महिला संयोजकमा उमेदवारी घोषणा गरेकी छन् ।
जापानका अजीब गुरुङ ( ओम ) ले एशिया प्यासिफिक क्षेत्रका लागि क्षेत्रीय संयोजक पदमा उमेदवारी घोषणा गरेरका छन् भने सोहि पदका लागि जापानकै गोबिन्द श्रेष्ठ ( रोबिन्द ) ले पनि उमेदवारी घोषणा गरेका छन् । जापानकै कपिलदेव थापाले एशिया क्यासेफिक क्षेत्रको सहसंयोजक पदमा उमेदवारी घोषणा गरेका छन् ।दक्षिण कोरियका विनोद कुंवरले पनि एशिया प्यासेफिक सहसंयोजकको उमेदरवार रहेका छन् ।कुँवर अहिले पनि सोहि पदमा कार्यरत छन् । मलेसियाका खगेन्द्र न्यौपानेले एशिया प्रशान्त क्षेत्रीय सहसंयोजकको उमेदवारी घोषणा गरि सकेका छन् ।
एशिया प्यासेफिक क्षेत्रीय सह संयोजकको उमेदवारका रुपमा टंक प्रसाद गैरेले पनि आफ्नो नाम घोषणा गरेका छन् । स्पेनका एकराज गिरी यूरोप संयोजकमा उमेदवार बन्ने भएका छन् । बेल्जियमका गंगाधर गौतमपनि यूरोप संयोजक उमेदवार बनेका छन् । जर्मनीका सन्तोष कुमार भट्टराइले पनि यूरोप क्षेत्रीय संयोजकमा उमेदवारी घोषणा गरि सकेका छन् । कृष्ण तिमिल्सिनाले यूरोप उप संयोजकमा आफ्नो उमेदवारी घोषणा गरेका छन् ।
जर्मनीका नवराज सोस्याराले पनि यूरोप क्षेत्रीय उप संयोजकमा उमेदवारी घोषणा गरि सकेका छन् । स्पेनका मुक्त बहादुर गुरुङले पनि यूरोप क्षेत्रीय उप संयोजक पदमा आफ्नो उमेदवारी रहेको बताएका छन् । संसारभर ८० भन्दा बढि मुलुकमा बिस्तारित एनआरएनएको नबौं बिश्व सम्मेलन एबं अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिनका लागि विभिन्न ५० भन्दा बढी देशबाट २ हजार भन्दा बढी प्रतिनिधिहरु काठमाडौं आउने अनुमान छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies