काठमाडौं : दुई वटा टी २० सिरिज खेल्न गएको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ । सिंगापुर र ओमानमा भएका सिरिज खेलेर नेपाली टिम आज विहान स्वदेश फिर्ता भएको टिमलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गरेका थिए ।
सिंगापुरमा भएको तीन देश सहभागि सिरिजमा नेपाल जिम्बावेसँग दुवै खेलमा पराजित भएको थियो भने सिंगापुरमाथि एक खेलमा जित हात पारेको थियो भने एक खेल वर्षाले रद्द भएको थियो ।
सिंगापुरबाट ओमान गएको नेपाली टिमले त्यहाँ पाँच देश सहभागी अर्को सिरिज पनि खेलेको थियो । जसमा नेपालले नेदरल्याण्ड्स र हङकङलाई पराजित गरेको थियो भने आयरल्याण्ड र ओमानसँग पराजित भएपछि तेस्रो भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies