रौतहट : बमकाण्डको आरोपमा पूर्वमन्त्री एवं रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् । रौतहट प्रहरीले २०६४ सालको बमकाण्डसँग सबन्धित घटनामा संलग्नताको आरोपमा रौतहट प्रहरीले उनलाई आज रौतहटवाट पक्राउ गरेको हो । पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । आलम रौतहट क्षेत्र नम्बर दुईबाट निर्वाचित कांग्रेसका सांसद हुन् ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा राजपुर फरहदवास्थित आलमको निवासमा वम बिस्फोट भएको थियो । सो विस्फोटमा केहीको मृत्यु हुनुका साथै दुई दर्जन मानिस घाइते भएका थिए । विष्फोटमा घाइते भएका पाँच जनालाई इटा पोल्टे भट्टीमा हालेर मारिएको आरोप आलममाथि लाग्दै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies