एजेन्सी : सिरियाले टर्कीको सेनाले आक्रमण गरिरहेको उत्तरी सिरियामा सेना पठाएको छ । टर्कीसँग लडन कुर्द लडाकुलाई सहयोग गर्ने उद्देश्यले उसले सेना पठाएको हो । एक सातादेखि टर्कीले सो क्षेत्रमा हवाइ तथा स्थल आक्रमण गरिरहेको छ । आक्रमणका कारण सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन् ।
आक्रमणमा सेना र सर्वसाधारण गरी धेरैको मृत्यु भइसकेको छ । एक लाखभन्दा बढी विस्थापित भएका छन् । टर्कीले कुर्द लडाकुलाई आतंकवादीको संज्ञा दिदै आएको छ । उत्तरी सिरियाबाट उनीहरुलाई हटाएर सो स्थानमा शरणार्थीहरुलाई राख्ने उसको योजना छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies