मेक्सिको : आपराधिक समूहको आक्रमणमा परेर मेक्सिकोमा चौध जना प्रहरीको मृत्यु भएको छ । आक्रमणमा थप तीन जना घाइते भएका छन । मिचोआकान राज्यको एल अग्वाखे भन्ने स्थानमा प्रहरी चढेको गाडीलाई एम्बुसमा पारेर अपराधिक समूहले उनीहरुमाथि गोली प्रहार गरेको हो ।
आक्रमणमा मेक्सिकोको अपराधिक समूह एलिस्को नुइभाको सग्लनताको अनुमान गरिएको छ । आक्रमणमा सग्लनको खोजी भैरहेको मेक्सिकोको प्रहरीले जनाएको छ । आक्रमण भएको क्षेत्र लागुऔषध उत्पादक तथा तस्करको बाहुल्यता रहेको क्षेत्र हो ।
सो स्थानमा समय समयमा सुरक्षाकर्मी र तस्करविच भिडन्त हुने गरेको छ । मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले पछिल्लो समय लागुऔषध सम्वन्धी अपराध नियन्त्रणका लागि पहल गरिरहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies