रौतहट : राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका रौतहट क्षेत्र नम्बर २ का सासंद तथा पूर्व मन्त्री मोहमद आफताब आलमको बारेमा अनुसन्धानका लागि जिल्ला अदालत रौतहटले सात दिन म्याद थप गरेको छ । जिल्ला न्यायधिश चित्रबहादुर गुरुङ्गको इजलाशले आलमलाई कार्तिक ३ गतेसम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गरेको हो ।
निकै कडा सुरक्षा व्यवस्था बिच अदालत ल्याइएका आलमले न्यायधिश सामु आफुमाथि लागेको आरोपको मुद्दा २०६५ सालमा नै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताए । म्याद थप पछि अदालत परिसरबाट बाहिर निस्कदै गर्दा उनले घटनाको दुधको दुध र पानीको पानी चाडै छुट्टिने प्रतिक्रिया दिए ।
आफूले अदालतको सम्मान गर्ने र मुद्दाका विषयमा पछि थप कुरागर्ने पनि उल्लेख गरे । म्याद थप पछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय रौतहट पु¥याइएको छ । आलम २०६४ चैत्र २७ गते राजपुरमा भएको बमविस्फोटको घटनामा सग्लनताको आरोपमा असोज २६ मा इद्रिस गेट नजिकैबाट पक्राउ परेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies