काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई वटा विमान एकापसमा ठोक्किएका छन् ।
विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको छ । प्राप्त जानकारीअनुसार श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो । श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो ।
जहाजमा सामान्य क्षति भएको छ । अन्य सबै सामान्य रहेको उनले बताए । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् । ठक्करबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ । बिमानस्थालका प्रत्यक्षदर्शिका अनुसार श्री एयरलायन्सको लापरर्वाहीका कारण यति एयरलाईसको विमानमा ठोक्किन पुगेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies