काठमाडौं : सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे जिल्ला, धुलिखेल नगरपालिका, वडा नं ७ स्थित श्री सञ्जीवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधी र कम्प्यूटरको व्यवहारिक ज्ञानमा सहयोग पुर्याउने उद्येश्यले २ थान कम्प्यूटर वितरण गरेको छ ।
कम्प्यूटर धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गानाले एक समारोहका बिच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण समारोहमा विद्यालय तथा बैंकका कर्मचारीहरुको पनि उपस्थिती थियो ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies