काठमाडौं : एनआईसी एशिया बैंकले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ । उपयुक्त ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ यस बैंकमा खाता भएका इच्छुक सबै खातावाहकहरु र नयाँ खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
यस निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम ५०० रुपैयाँको गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिनेछ । कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा १०० को रुपैयाँ गुणन दरले ५०० रुपैयाँ भन्दा बढी रकम जम्मा गरी ९.७५ प्रतिशत व्याज उपलब्ध हुने बैंकले जानकारी गराएको छ ।
कुनै महिना तोकिएको रकम बुझाउन असमर्थ भएमा अर्को महिना किस्ता बराबरको रकम कुनै अतिरिक्त शुल्कबिना यथास्थितिमा बुझाउन सकिने सुविधा समेत रहेको छ । मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग वा सिधै उपयुक्त पर्ने बैंकको शाखामार्फत् रकम जम्मा गर्न सकिने सुविधा पनि यस योजनामा रहेको छ ।
यस खातावाहकले निक्षेपको ९० प्रतिशतसम्म कर्जा तथा निक्षेप योेजनाको ५० प्रतिशत परिपक्व हुने अवधि कटेपछि आवश्यक परेको खण्डमा खाताबाट रकम झिक्न पनि सकिने सुविधा छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies