काठमाडौं : वैदेशिक रोजगार ऐनले व्यवसायीहरुलाई एक आपसमा गाभिने प्रक्रिया (मर्जर)को व्यवस्था गरेपनि सयको संख्यामा कामदार पठाउन नपाएका व्यवसायीहरुका लागि मर्जरको पर्याप्त समय नरहको विभागको बुझाई छ । विभागका सूचना अधिकारी भोला प्रसाद गुरागाईंले वैदेशिक रोजगार ऐनको वर्तमान व्यवस्था अनुसार अघिल्लो आर्थिक वर्षमा एक आपसमा गाभिएर एक सयको संख्या पुर्याउने उद्देश्यले गाभिने अवधि असार मसान्तसम्म रहेको बताए ।
उनले भने, ‘म्यानपावर कम्पनी नवीकरण हुने नियमित म्याद असार मसान्त हो, उक्त अवधिभित्र ऐनले नवीरकणका लागि तोकेको प्रक्रिया र मापदण्ड पूरा गरेको हुनुपर्छ भन्ने विभागको बुझाइ छ । मासिक दश हजारका दरले थप शुल्क तिरेर असोज मसान्तसम्म नवीकरण हुने मात्र हो । तर असार मसान्तसम्म सम्बन्धित म्यानपावर कम्पनीले तोकिएका सबै मापदण्ड पूरा गरेको हुनु अनिवार्य हुन्छ ।’
स्मरणीय छ, मर्जका लागि कम्तिमा ७ दिने सूचना राष्ट्रिय दैनिकमा प्रकाशित गर्नुपर्ने प्रावधान यसअघि नै विभागले बनाइसकेको छ । गत भदौमा तत्कालीन महानिर्देशक डा. भीष्म कुमार भुसालले ३५ दिने सूचना अवधिलाई ७ दिनमा झारेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies