तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : पछिल्लो समयकी व्यस्त लोक तथा दोहोरी गायिका शान्ति श्री परियार कतार आइपुगेकी छिन् l
गुल्मी सेवा समाज कतारले जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि आयोजना गर्न लागेको 'गुल्मेली मिलन तथा वनभोज कार्यक्रम २०२३' मा आफ्नो सांगीतिक प्रस्तुति दिन परियार कतार आइपुगेकी हुन् l परियारसँगै नेपालबाट नृत्याङ्गना रविना भण्डारी, गायक नन्दु परियार, मोडेल अनिल पौडेल र गायक अमित सुनार कतार आइपुगेका हुन् l
नेपालबाट आमन्त्रित कलाकारको स्वागतका लागि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा समाजका अध्यक्ष कमल अर्याल, वरिष्ठ सल्लाहकार झबिन्द्र आचार्य, कार्यक्रम संयोजक मित्र बिएस लगायत विभिन्न पदाधिकारीहरू पुगेका थिए l
मध्यान्हसँगको कुराकानीमा कलाकारहरूले कार्यक्रम भव्य हुने विश्वास व्यक्त गर्दै उपस्थितिको लागि आग्रह समेत गरेका छन् l कतारमा रहेका गुल्मेली कलाकारहरूको समेत सांगीतिक प्रस्तुति रहने कार्यक्रम शुक्रबार बिहान साढे दश बजेबाट सहानियामा अवस्थित अल दोसरी पार्कमा शुरु हुने समाजका सचिव दर्शन सुनारले मध्यान्हलाई जानकारी दिए l सुनारले कार्यक्रमको तयारी पनि सकिएको बताए l
कार्यक्रम प्रवेशका लागि ४५ कतारी रियालको टिकट दर कायम गरिएको तथा कार्यक्रममा जान र आउनका लागि कतारका विभिन्न स्थानबाट यातायातको व्यवस्थासमेत गरिएको कार्यक्रम संयोजक बीएसले बताए l उनले कार्यक्रम सम्बन्धित विशेष जानकारीका लागि ७०००५१३२/३१२६५५०२ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् l मध्यान्ह राष्ट्रिय दैनिक उक्त कार्यक्रममा सञ्चार सहयोगी रहेको छ l
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies