सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको सदरमुकाम गौरमा आयोजना गरिएको मिस्टर एण्ड मिस मोनास्टिक सिजन २ को उपाधि श्रद्धाकुमारी सिंह र युवराज साहले जितेका छन् । मोनास्टिक इन्टरनेशनल एकेडमी गौर–५ ले आयोजना गरेको मिस्टर एण्ड मिस मोनास्टिक सिजन २ को फाइनलमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सिंह र साहले ताज जितेका हुन् ।
विद्यालयमा अध्ययनरत बालबालिकाबीच आन्तरिक प्रतिस्पर्धा गराएर विजेता छानिएको हो । बालिकातर्फ १५ जना प्रतियोगी र बालकतर्फ १० जना प्रतियोगीको सहभागिता रहेको थियो । फाइनल प्रतिस्पर्धामा मिसको ताज राजदेवी नगरपालिका ५ निवासी सन्तोष सिंहकी छोरी श्रद्धाकुमारी सिंह र मिस्टरको ताज रौतहटको माधवनरायण नगरपालिका वडा नम्बर ६ माधोपुर निवासी राजकुमार प्रसाद साहका छोरा युवराज कुमार साहले जितेको आयोजक संस्थाका प्रिन्सिपल अजित कुशवाहाले जनाएका छन् ।
विजेता दुवै जनालाई गौर नगरपालिकाका प्रमुख शम्भु साह कानूले पुरस्कृत गरे । विजेतालाई विद्यालयले पुरस्कार स्वरुप ६ महिनासम्मका लागि छात्रवृत्ति प्रदान गरेको छ । कार्यक्रमको निर्णायकमा पत्रकार गौतम श्रेष्ठ, महिला नेतृ गीता देवी महतो, पत्रकार शैलेन्द्र गुप्ता, राज साह र आरजे रञ्जु रहेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies