लोकेन्द्रराज शर्मा/मध्यान्ह
सुर्खेत : कर्णाली प्रदेश कराँते महासंघको अध्यक्षमा हेमन्त मल्ल ठकुरी निर्वाचित भएका छन् । बुधबार वीरेन्द्रनगरको सुर्खेतमा सम्पन्न महासंघको प्रथम अधिवेशनबाट ठकुरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै महासंघको उपाध्यक्षमा हेमा खड्का निर्वाचित भएकी छन् । खड्का महासंघको पूर्वस्थायी कमिटी सदस्य हुन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिसँगै दुई सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ ।
निर्वाचित भएलगत्तै उपाध्यक्ष खड्काले खेलाडी उत्पादन आफ्नो प्राथमिकतामा रहेको बताइन् । कराँते खेललाई आगामी १०औं राष्ट्रिय खेलकुदमा पदकलक्षित बनाउन विभिन्न उपाय अपनाएर काम गर्ने बताइन् ।
उपाध्यक्ष खड्काले कराँते खेलबाट कर्णालीका हरेक ठाउँमा हुने लैङ्गिक हिंसाविरुद्ध सचेतना वृद्धि गर्ने लक्ष्य आफूले राखेको बताइन् । उनले प्रशस्त प्रतियोगिताका लागि सरकारसँग बजेट माग गर्ने तथा मार्सल आर्टलाई जीवनपद्दतिसँग जोडेर स्वस्थ समाज निर्माण गर्न लागिपर्ने प्रतिबद्धता जनाइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies