संघीय संसदमा अहिले कस्तो कानून बन्दैछ भन्ने भन्दा पनि सभामुख कृष्णबहादुर महरालाई कसरी विधेयक पारित गर्ने भन्ने चिन्ता छ । दलहरुको विरोधका कारण पनि होइन । सभामुख महरालाई कानून निर्माणका लागि भएको चिन्ता भनेको सांसदहरु संसद बैठकमा नआइदिनू हो । र, सभामुख महराको प्रमुख चिन्ता संविधानको धारा ९४ को हो । किनभने, विधेयक पारित हुन आवश्यक एक चौथाइ पनि सांसद उपस्थित हुन छोडका छन् ।
यसको अर्थ कानून निर्माण गर्नेजस्तो महत्वपूर्ण विषयमा संसदहरुको संसदमा रुचि छैन । कस्तो कानून बन्दैछ ? भन्ने त पुरको कुरा भयो । केही स्वतन्त्र र साना दलका सांसद चाहिँ नियमित हुन्छन् । उदाहरणकै रुपमा हेर्नलाई त गत साउन २३ गतेको संसद उदाहरण हेरे पुग्छ । त्यस दिन प्रतिनिधिसभा बैठकबाट सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक–२०७६ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक–२०७६ पारित गर्ने कार्यसूची तय भएको थियो ।
कार्यसूचीअनुसार उद्योग तथा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । तर, मन्त्री यादवले पेश गरेको विधेयक पारित हुन सकेन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारसँगै दुई तिहाइ मत छ । तर पनि सभामुख कृष्णबहादुर महराले मन्त्री यादवले पेश गरेको विधेयक पारित भएको घोषणा गर्न सकेनन् ।
त्यस दिन त्यसदिन विधेयक पारित गर्ने बेला संसदमा ४१ जना सांसद मात्रै उपस्थित थिए । विधेयक पारित गर्न होइन, सत्तारूढ दलसँग संविधान नै संशोधन गर्न पुग्ने सांसद सांसद संख्या भएपनि सभामुख महराले कानूनअनुसार संसद स्थगित गरेर प्रमुख सचेतकहरूलाई सांसद उपस्थित गराउन आग्रह गर्नुपर्यो । १५ मिनेटपछि सर्वसहमतिले विधेयक पारित भएकाले यसमा विपक्षी दलका सांसदको समेत खोजी हुने भयो ।
संसदमा बोल्न पाए बस्ने नत्र बाहिरिहाल्ने सांसदहरुको प्रवृत्तिका कारण धेरै पटक विधेयक पारित गर्न विधायिकाहरुको अभाव खड्किदै आएको छ । यसले संसदको गरिमा घटाएको मात्रै छैन । आखिर, संसद जनताको प्रतिनिधि हुन वा अरु नै भन्ने प्रश्न समेत खडा भएको छ । यसतर्फ बेलैमा ध्यान नदिने हो भने संसदीय प्रणाली मात्रै होइन, देशले समेत समस्याको भागिदार हुनुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies