काठमाडौं : चलचित्र ‘सुगुप’को पुनः विशेष प्रदर्शन गरिएको छ । १२ गते शनिबार बिग मुभिज सिनेमाज सिटी सेन्टर, कमलपोखरीमा विशेष प्रदर्शनमा बिग मुभिजको दुईवटै हलमा दर्शकको खचाखच भिडका कारण ब्यवस्थापन मिलाउन निर्माण पक्षलाई हम्मेहम्मे परेपछि बिहीबार उपसभामुख इन्दिरा राना मगरको उपस्थितिमा पुनः प्रदर्शन गरिएको हो ।
‘सुगुप’ हेरिसकेकपछि अधिकांश दर्शकले ‘सुगुप’ लिम्बू कला, संस्कृति र संस्कारको विषयलाई अत्यन्तै सुन्दर ढंगले प्रस्तुत गरेकामा सुगुप चलचित्र कोसेढुंगा सावित हुने प्रतिक्रिया आएपछि नेपालमा मात्र नभएर विश्वभर रहेका नेपालीहरु माझ लिम्बू कथानक चलचित्र ‘सुगुप’ प्रदर्शन गरिने निर्देशक लोकेन साँवा लिम्बूले बताए ।
चलचित्र ‘सुगुप’मा यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, प्रेम सुब्बा, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतका कालाकारहरुको अभिनय रहेको छ ।
प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बू, निर्माता शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एल.पी. साँवा लिम्बू, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशक कमल राई, द्वन्द्व निर्देशन किशोर सम्बाहाङ्फेको रहेको छ । भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रको निर्देशन लोकेन साँबा लिम्बूको रहेको छ ।
किराँत याक्थुङ चुम्लुङ काठमाडौं, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सहआयोजनामा विशेष प्रदर्शन भएको हो । लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरीकै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन रहेको प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बूले जानकारी गराए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies