धादिङ : जनमत पार्टीका सांसदसमेत रहेका पूर्वखानेपानी मन्त्री अब्दुल खान सवार गाडी कृष्णभिरमा दुर्घटनामा परेको छ ।
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खानलगायत सवार कार बर्दिया जाने क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभिरमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा सांसद खानसहित चार जना घाइते भएका छन् । सांसद खानको दाहिने हातमा चोट लागेको छ । साथै अली उलाह मुसलमान, अनमर खान र चालक आली मनसुरीलाई पनि चोट लागेको छ ।
घाइतेहरुको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies