सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : गत ८ गते भूमिकास्थान नगरपालिका वडा नं. ३ मा भिषण आगलागीमा धारापानीका १५ वटा घर, १५ वटा गोठ जलेर नष्ट भएका थिए । सयौं रोपनी वन क्षेत्र छिनभरमै जलेर खरानी हुँदा लाखौंको क्षति भएको थियो ।
आगलागीबाट घरबास गुमाएकाहरुको अरुको शरणमा पर्नु परेको छ । यसैबीच अर्घाखाँची व्यापार संघले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको व्यापार संघका महासचिव विनोद घिमिरेले जानकारी दिए । उक्त राहत रकम अर्घाखाँची व्यापार संघका अध्यक्ष योगेन्द्र बहादुर खड्का, महासचिव विनोद गैरे र सल्लाहाकार बसन्तराज भुसालले संयुक्तरुपमा भूमिकास्थान नगरपालिका वडा नं. ३ का आगलागी पीडितको नाममा सञ्चालित कोषमा जम्मा हुने गरी भूमिकास्थान नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडेलाई हस्तान्त्रण गरेका छन् ।
रकम हस्तान्त्रण गर्दै अर्घाखाँची व्यापार संघका अध्यक्ष योगेन्द्र बहादुर खड्काले धारापानीमा आगलागीका कारण भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै आगामी दिनमा हुने हरेक जनसरोकारका समस्याहरुमा अर्घाखाँची व्यापार संघको सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies