काठमाडौं : टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को अध्यक्षमा ईश्वर शर्मा निर्वाचित भएका छन् । एशोसिएशनको शुक्रबार साँझ सम्पन्न नवौँ साधारणसभाबाट शर्माको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
एशोसिएशनको प्रथम उपाध्यक्षमा ढकनाथ काफ्ले, द्धितीय उपाध्यक्षमा सुशील दाहाल, महासचिवमा दीपेन्द्र अधिकारी, कोषाध्यक्षमा सुजन आचार्य तथा सदस्यमा चिरञ्जीवी रेग्मी र अशोक अर्याल निर्वाचित भएका छन् ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए । प्रवक्ता तामाङले टुरिष्ट बसले आन्तरिक तथा बाह्य पर्यटकलाई दिने सेवालाई चुस्त, दुरुस्त बनाउन आग्रह गरे ।
काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले पर्यटकीय क्षेत्रको सुधारका लागि स्थानीय सरकार पर्यटन व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताए ।
‘पर्यटक बसपार्क निर्माणका लागि महानगरपालिका सकारात्मक छ,’ उनले भने । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले पर्यटकीय बसले गुणस्तरीय यातायात सेवा दिन खेलेको भूमिका सराहनीय भएको बताए । पर्यटकीय बसपार्क निर्माणमा बोर्डको सहयोग रहने उनको भनाइ थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies