दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
भक्तपुर : भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड च्याम्हासिंह भक्तपुरले स्थापनाको २४ वर्ष पूरा गरेर २५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । सो अवसरमा संस्थाले विभिन्न कार्यक्रमहरु पनि गर्ने भएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्थाको रजत जयन्ती पारेर कात्तिक २२ गतेदेखि २७ गतेसम्म विभिन्न कार्यक्रम राखिएको बताए । संस्थाले ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई पौष्टिक आहार वितरण गर्ने, महिलाहरुको विशेष भेला आयोजना गर्ने, कसिमला पाय (नेवारी खेल) प्रतियोगिता गर्ने, रक्तदान कार्यक्रम गर्ने, नगर सरसफाई गर्ने, सुकुन्डा र्याली लगायतका कार्यक्रम गर्ने उनले बताए ।
रजत जयन्तीको मुख्य कार्यक्रम कात्तिक २७ गते गरिने र कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्ने प्रजापतिले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies