२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

प्रचण्डले भने- नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ

shivam cement
मध्यान्ह
२०८२ भदौ ३१ गते १२:३०
प्रचण्डले भने- नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पार्टीको केन्द्रीय कार्यालयको नयाँ र भव्य भवन निर्माण गर्ने घोषणा गरेका छन् । मंगलबार कोटेश्वरस्थित पेरिसडाँडामा रहेको पार्टी कार्यालयको अवलोकनका क्रममा उनले यो प्रतिबद्धता व्यक्त गरे ।

जेनजी आन्दोलनका कारण भदौ २४ गते माओवादीको कार्यालयमा तोडफोड र आगजनी भएको थियो । आन्दोलनपछि आठ दिनसम्म सुरक्षित स्थानमा रहेका प्रचण्ड पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् । उनले कार्यालय अवलोकनपछि देशभरका कार्यकर्ताको सहयोगमा नयाँ भवन बनाउने बताए । 

प्रचण्डले कार्यालयमा रहेका केही माइन्युट, पुस्तकालय र कम्प्युटरहरू जोगाउन सफल भएको भन्दै कर्मचारी र कार्यकर्तालाई धन्यवाद दिए । उनले कार्यालय परिसरमा रहेको सहिद स्मारकमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली पनि अर्पण गरे ।

कार्यालय अवलोकनमा माओवादी केन्द्रका अन्य नेताहरू पनि सहभागी थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise