नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीमा पुनः क्षेत्रीय पार्टी आम आदमी (आप)ले सरकार बनाउने भएको छ । यसअघि आपले सन् २०१३ मा भारतीय कांग्रेससँग गठबन्धनको सरकार बनाएको थियो भने सन् २०१५ देखि हालसम्म एकल सरकार चलाएको थियो ।
दिल्ली विधान सभाका लागि भएको निर्वाचनमा अरविन्द केजरिवाल नेतृत्वको आपले दुई तिहाईभन्दा बढी सिट जितेको छ । केजरीवाल तेस्रो पटक दिल्लीको मुख्यमन्त्री बन्न लागेका हुन् ।
केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा यस पहिलेको तुलनामा जनमत जम्मा गरेको देखिएपनि निर्वाचनमा धेरै सीट जित्न सकेन । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित साहले दिल्ली चुनावका लागि चर्को प्रचारप्रसार गरेका थिए ।
दिल्ली विधान सभामा भारतीय कंग्रेसले एक सिट पनि जित्न सकेन । कंग्रेसले दिल्लीमा सन् २०१३ पूर्व लामो समयसम्म आफ्नो नेतृत्वमा सत्ता चलाएको थियो । भने यस पटक निल हुने देखिएको छ । आपले निर्वाचनमा दोहोराएर विशाल विजय निकाल्ने देखिएपछि देशका विभिन्न राजनीतिक नेताहरूले नेता अरविन्द केजरीवाललाई वधाई सन्देशहरू आउन थालेको छन् ।
केजरीवाललाई वधाई दिँदै पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन् , ‘अरविन्द केजरीवाललाई धेरै धेरै वधाई ! अहिले भारतीय जनता रोटी,कपडा र वास (घर) चाहान्छन् । प्रवृत्ति एकदमै स्पष्ट छ कि राजनीतिमा छलकपटले काम गर्दैन ।’
त्यस्तै केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पनि केजरीवाललाई उनको पार्टीको शानदार विजयका लागि वधाई दिएका छन् । ‘अरविन्द केजरीवाल र आमदमी पार्टीलाई दिल्ली चुनावमा ठूलो जीतको लागि वधाई छ । यो जीत हाम्रो देशको जन–समर्थक र समावेशी राजनीतिको लागि आश्रयस्थल होस् ।’
द्रविदा मुन्नेत्र काझागम (डीएमके)का नेता एमके स्टालिनले ट्वीटर सन्देशमा मार्फत भनेका छन् , ‘अरविन्द केजरीवाल र आम आदमी पार्टीलाई पुनः दिल्लीमा सरकार गठन गर्न पाएको वृहत जनादेशको लागि बधाई छ । विकासले साम्प्रदायिक राजनीतिलाई बिगार्न सक्छ भन्ने कुरा स्पष्ट छ । संघीय अधिकार र क्षेत्रीय चाहनालाई हाम्रो देशको हितमा सुदृढ बनाउनुपर्दछ ।’
समाजवादी पार्टीका अध्यक्ष र उत्तर प्रदेशका पूर्व मुख्यमंत्री अखिलेश यादवले दिल्ली निर्वाचन परिणामबारे पत्रकारहरूसँग कुराकानी गर्दै भने ‘दिल्ली चुनावको नतीजाले देशभर सन्देश पठाउनेछ कि किसान, गरिब र युवाले विकास र समृद्धिलाई मतदान गर्छन् । जनताले दिल्लीमा साम्प्रदायिक राजनीतिको बिरूद्ध मतदान गरे ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies