एजेन्सी : कोरोना भाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले जनाएको छ। भाइरसको प्रकोपलाई अहिले नै विश्वव्यापी महामारी भन्न सकिने अवस्था नरहे पनि सवै देशहरू तयारीको चरणमाू रहनुपर्ने डब्लूएचओले जनाएको हो ।
प्रकोप दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरूमा फैलिने क्रम जारी रहेपछि उसले चिन्ता जनाएको हो । सोमवार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण फेला परेको छ ।
ती सबै देशमा सङ्क्रमण भएका पाइएकाहरू इरानबाट आएको बताइएको छ। हालसम्म करिब ३० राष्ट्रमा उक्त भाइरसको सङ्क्रमण भएका १,२०० भन्दा बढी घटना पुष्टि भइसकेको छ भने २० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
चीनबाट सुरु भएको भाइरसका कारण त्यहाँ हालसम्म करिब २६०० जनाको मृत्यु भएको छ । चीनमा करिब ७७,००० मा उक्त भाइरसको सङ्क्रमण रहेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies