काठमाडौं : सन् २०२७ को एएफसी एशिया कपको आयोजना गर्नका लागि दावी गर्ने समय सिमा थप गरेको छ । कोरोना भाइरसको महामारीका कारण एशियन फुटबल कन्फेडरेशन एएफसीले जुन २० तारिखसम्म आयोजनाको दावेदारीता पेश गर्न सम्बन्धित देशहरुलाई आग्रह गरेको हो ।
कोरोना भाइरसका कारण समय सिमा थप्न सदस्य देशहरुले आग्रह गरेका थिए । डिसेम्बरमा हङकङमा बसेको बैठकले २०२७ को एएफसी कप आयोजना गर्ने निर्णय गरेको थियो । एएफसी एशियन कप युएईमा २०१९ मा भएको थियो ।
अर्को संस्करण २०२३ मा चीनमा गर्ने निर्णय भइसकेको छ । जसका लागि अहिले छनोट चरणका खेलहरु पनि शुरु भइसकेका थिए । तर कोरोना भाइरसको महामारीका कारण सबै प्रतियोगिताहरु स्थगन भएका छन् । कोरोनाको महामारी अन्त्य भएपछि पुनः छनोट चरण खेल शुरुहुने छन् ।
नेपालले पनि छनोट खेल खेलिरहेको छ । कोरोनाका कारण नेपालले दशरथ रंगशालालामा हुुनुपर्ने २ वटा प्रतियोगिता पनि स्थगन भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies