२०८३ कार्तिक २७ गते शुक्रवार / Nov 13 , 2026 , Friday
२०८३ कार्तिक २७ गते शुक्रवार

मन्त्री चौधरी र चीनका वातावरणमन्त्री रुनछ्युबीच भेटवार्ता

Nada
२०८३ कार्तिक २७ गते १७:२९
Shares
मन्त्री चौधरी र चीनका वातावरणमन्त्री रुनछ्युबीच भेटवार्ता

काठमाडौँ : कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग चीनका पारिस्थितिक तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग भएको द्विपक्षीय भेटवार्ता भएको छ । 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा बिहीबार छलफल भएको हो । छलफलमा प्रस्तावित हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि चीनको सहयोग र समर्थन अपेक्षा गरेको छ ।

भेटमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम साझा सीमापार चुनौती भएकाले यसको सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी छन् ।  

गत अगस्ट २६ मा रसुवा-भोटेकोसी क्षेत्रमा आएको विपद्पछि चीनले उपलब्ध गराएको सहयोग तथा माथिल्लो तटीय क्षेत्रको मौसम, हिमनदी र हिमताल जोखिमसम्बन्धी नियमित सूचना आदानप्रदानप्रति उनले आभार व्यक्त गरेकी थिइन् ।

मन्त्री चौधरीले कोप-३१ को निर्णयमा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकता दिनुपर्ने, तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नुपर्ने तथा जलवायु अनुकूलनका लागि पर्याप्त वित्त सुनिश्चित गर्नुपर्ने नेपालको धारणा प्रस्तुत गरिन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर