२०८३ कार्तिक २७ गते शुक्रवार / Nov 13 , 2026 , Friday
२०८३ कार्तिक २७ गते शुक्रवार

भीमफेदी दुर्घटनाका मृतक परिवार शव बुझ्न तयार

Nada
२०८३ कार्तिक २७ गते १७:१६
Shares
भीमफेदी दुर्घटनाका मृतक परिवार शव बुझ्न तयार

हेटौंडा – मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको ईभी भ्यान दुर्घटनाका मृतकका परिवार शव बुझ्न तयार भएका छन् । जिल्ला प्रशासन कार्यालय, दुर्घटना छानबिन समिति र पीडित परिवारबीच सहमति भएपछि शव बुझ्ने प्रक्रिया अघि बढेको हो ।

मृतकका आफन्तले जनही १० लाख रुपैयाँ क्षतिपूर्ति, घाइतेको उपचार खर्च सरकारले बेहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारी दिनुपर्ने माग राख्दै बिहीबारदेखि शव बुझ्न अस्वीकार गरेका थिए। यसका कारण पोस्टमार्टमसमेत रोकिएको थियो ।

छानबिन समिति संयोजक तथा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका अनुसार पीडितका माग प्रतिवेदनमा समेट्ने, कानुनअनुसारको राहत तत्काल उपलब्ध गराउन पहल गर्ने र थप क्षतिपूर्तिका लागि प्रधानमन्त्री कार्यालयलाई आग्रह गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि राहत र क्षतिपूर्तिको प्रक्रिया अघि बढाइएको जनाएको छ ।

दुर्घटनामा मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । घाइतेहरूको हेटौंडा, भरतपुर र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने अधिकांश सर्लाहीका एउटै क्षेत्रका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर